१५ फागुन,घोराही – अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोली सोमबार नेपाल बन्द हुने भएको छ । ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाको आज बसेको आकस्मीक बैठकले एमसीसीको विरोधमा सोमबार नेपाल बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले बन्द आह्वान गरेका हुन् ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले एमसीसी सम्झौता पास गर्ने तयारी गरेपछि आठ दलले आईतबार साँझ देशैभर मसाल जुलुस पदर्शन गरेको छन भने भोलि नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।।