१५ फागुन,दाङ –
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी तिव्र पारिएको छ । सबै समितीका संयोजकले आ–आफनो समितीको कार्यलाइ तिव्रता दिएका छन् । अहिले प्रदर्शनीका वारेमा छलफल, भेटघाट, चिठी पत्र पठाउने एवम प्रदर्शनी स्थलमा भौतिक निर्माणको कार्यलाई समेत तिव्र बनाइएको प्रदर्शनी मुल आयोजक समितीका उप संयोजक तथा संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनुभयो ।
आज मञ्च व्यवस्थापन उप समिती पनि विस्तार गरिएको छ । मञ्च व्यवस्थापन समितीका संयोजक देवकला बस्नेतको अध्यक्षतामा वसेको बैठकले उप समिती विस्तार गरिएको हो । मञ्च व्यवस्थाप समितीको उपसंयोजकमा प्रेम गौतम, सहसंयोजकमा प्रेम शर्मा रहेका छन् ।
यसैगरेर महिला उद्यमीहरु समिती गठन गरिएको छ । महिला उद्यमी समितीका संयोजक देवकला वस्नेतको अध्यक्षतामा वसेको बैठकले समिती गठन गरेको हो । बैठकमा सहभागिहरुले संघले गर्न थालेको प्रदर्शनीमा आफनो तर्फ वाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए । फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।