२०८० फाल्गुन १८ गते शुक्रवार

लक्ष्मण डाँगी स्मृति कप: आजको खेलमा पद्मोदय र रोजी विजयी



१५ फागुन, घोराही – दाङको घोराहीमा जारी दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा पद्मोदय नमूना मावि र रोजी बड्स बालबाटिका स्कुल लमही विजयी भएक छन् । पहिलो खेलमा पद्मोदय नमूूना मावि भरतपुरले श्री सिद्धरत्ननाथ मावि नारायणपुरलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

यस्तै, दिउँसो साढे २ बजेपछि भएको अर्को खेलमा रोजी बड्स बालबाटिका स्कुल लमहीले जनज्योति मावि घोराहीलाई १–० गोल अन्तरले हराएको छ । भरतपुर खेल मैदानमा आईतबार सम्पन्न खेलमा जीत निकाल्दै पद्मोदयले ३ अंक जोडेको छ । यस्तै, दोश्रो खेलमा रोजीबड्सले ३ अंक जोड्न सफल भएको छ ।

आईतबारको खेलमा पद्मोदयका विक्रम बिक र रोजीका सावल बुढा म्यान अफ द म्याच घोषित भए । वेष्ट नेपाल फुटबल एकेडेमीको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताले तल्लो तहबाटै नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेल आयोजना गरिएको एकेडेमीका अध्यक्ष सन्दीप वलीले बताउनुुभयो ।

प्रतियोगितामा जिल्लाभरका १२ वटा विद्यालयले भाग लिएका छन् । आगामी फागुन २१ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका छन् । अब प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेल साढे १२ बजे गोदावरी मावि घोराही र गोरखा मावि लमही बीच हुनेछ भने दोश्रो खेल साढे २ बजेपछि गुुरुकुुल एकेडेमी र ज्ञान ज्योति तुलसीपुर बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ रुपैयाँ र द्वितीय हुनेले टिमले २१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने भएका छन् । २०७५ मंसिर १२ गते घोराही १७ को कृत्रिम जलाशयमा डुबेर ज्यान गुमाएका लक्ष्मण डाँगीको स्मृतिमा प्रतियोगिता गरिएको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्