२०८१ माघ ४ गते शुक्रवार

दाङका तेह्र वडा र दुई गाउँपालिका कार्यालय भवनविहीन



१५ फागुन,घोराही- स्थानीय तहमा जनप्रतिनिधि आएको पाँच वर्ष पुग्नै लाग्दा पनि दाङका छ पालिकाका १३ वटा वडा कार्यालय अझै भवनविहीन अवस्थामा छन् । दुई उपमहानगर, एक नगर र तीनवटा गाउँपालिकाका १३ वटा वडा कार्यालयको भवन अझै निर्माण भएको छैन । घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर, दंगीशरण र राप्ती गाउँपालिकाका १३ वटा वडा कार्यालय भवनविहीन छन् ।

छ वटा पालिकामध्ये सबैभन्दा बढी वडा भवन विहीन दंगीशरण गाउँपालिका छ । यस्तै तुलसीपुर उपमहानगरपालिका र राजपुर गाउँपालिकामा सबैभन्दा कम एक–एकवटा वडा रहेका छन् ।

दंगीशरण गाउँपालिकाको १, २, ५ र ७ नं. वडामा अझै भवन छैनन् । चारवटै वडाका भवन निर्माणकै चरणमा रहेका छन् । घोराही उपमहानगरपालिकाका तीनवटा वडामा भवन छैनन् । घोराहीको ३, ११ र १३ नं. वडाको भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्