१५ फागुन,घोराही ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको ५१ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको बिभिन्न प्रतियोगीताको उद्घाटनन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रतियोगीताको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष भरत वुढाथोकीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वुढाथोकीले खेलले मानिसलाई स्वस्थ राख्नका लागि सहयोग पु¥याउने बताउनुभयो ।
स्वास्थ्य मानिसले नै हरेका कार्यमा सफलतामा पुग्न सक्ने भएकाले स्वस्थ रहन सक्नु पर्ने उहाँको भनाइ रहेको छ । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र वुढाथोकीले गर्नुभएको थियो ।
संघले स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच मैत्रि पुर्ण विभिन्न प्रतियोगीताहरु आोजना गरेको छ । फुटबल, भलिबल, हाजिरी जवाफ, कुसीदौड, बतृत्वकला, घटाफोड, स्लोवाइ प्रतियोगीता आयोजना गरिएको छ । संघको स्थापना दिवस यही चैत ९ गते मनाइदै छ ।
आज विहान भएको फुटवल प्रतियोगीतामा पहिलो खेलमा फोटो ग्राफ समिती विजयी भएको छ । गल्ला तथा किराना व्यवसायी र फोटो ग्राफ समिती विच भएको खेलमा २ का विरुद्ध ६ गोलले फोटो व्यवसायी समिती विजयी भएको फुटवल प्रतियोगीता उप समितीका सदस्य माधव खनालले जानकारी दिनुभयो ।
दोस्रो खेलमा सुरक्षीत तथा दाना व्यावसायी विजयी भएको छ । सुन चाँदी व्यवसायी र सुरक्षीत कुखुरा व्यवसायी समिती विच भएको खेलमा १ का विरुद्ध ५ गोलले खुरक्षीत कुखुरा व्यवसायी समिती विजयी भएको फुटवल प्रतियोगीता उप समितीका संयोजक जगतप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।
खेलमा प्राविधिक सहयोग रणसिंह दल गण घोराहीले गरेको प्रतियोगीताका उस समितीका सदस्य बिकाश वलीले जानकारी दिनुभएको छ ।।