१५ फागुन,घोराही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पुस्तकालयलाई अनुसन्धान केन्द्रको रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभएको छ । सर्बोदय पुस्तकालय तथा बाचनालयको चौथो अधिबेशनलाई आज घोराहीमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले बदलिँदो समय अनुसार पुस्तकालयलाई ज्ञान केन्द्र र अनुसन्धान केन्द्र बनाउनु पर्नेमा जोड दिनुभएको हो ।
साथै उहाँले बौद्धिक बिमर्श गर्दै सामाजिक रुपान्तरणको आधारका रुपमा पुस्तकालयलाइ सदुपयोग गर्नुपर्ने बताउनुभयो । नयाँ पुस्तकको समिक्षा गर्ने र बौद्धिक जमातको एकीकृत थलोका रुपमा अघि बढन समेत आग्रह गर्नुभयो । सुचना र प्रबिधिको बिकास सगै पुस्तकालयलाई पनि समय अनुकुल बनाउने तर्फ ध्यानदिन सुझाव समेत दिनुभयो ।
पुस्तकालयको भौतिक बिकासमा प्रदेश सरकारले आवस्यक सहयोग गर्दै जाने समेत प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा रास्ट्रियसभा सदस्य कोमल ओलिले पुस्तकालयमा किताब सजाउने मात्रै नभई ज्ञान बाढ्ने र इतिहासको ज्ञान दिने केन्द्रका रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
त्यसैगरी पुस्तकालयका सस्थापक बरिस्ठ पत्रकार नारायणप्रसाद शर्माले पढ्ने बानिको बिकास अनिवार्य हुनुपर्ने बताउनुभयो । अध्ययन बिनाको बिचार र धारणाले सहि सोचको बिकास नहुने उहाँको भनाई छ ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, पत्रकार महासघं दाङका अध्यक्ष सबिन प्रियासन, महिला अधिकारकर्मी लक्ष्मी आचार्य, दाङ जिल्ला उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष नारायण भुसाल, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका अध्यक्ष देबिबहादुर डिसि लगायतका बक्ताहरुले पठन सस्कृतिको बिकास सधैको अनिवार्यता भएकोमा जोड दिनुभयो ।
बाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिब सुदिप गौतमले गर्नुभयको थियो । सो अबसरमा जनता बुक्स स्टेसनरीका संचालक देबि प्रसाद गुप्ताले पुस्तकालयलाई विभिन्न किताबहरु हस्तान्तरण गर्नुभएको हो ।
यसैबीच बाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा १३ सदस्यीय संचालक समिती गठन गरिएको छ । जस्को उपाध्यक्षमा चन्द्रराज पन्त, सचिबमा सुदिप गौतम, सह सचीवमा शुसिला आचार्य, कोषाध्यमा नुमानन्द आचार्यलाई चयन गरिएको छ ।
यसैगरी सदस्यहरुमा पदमप्रसाद शर्मा, हरिप्रसाद पाण्डे, सुन्दर गौतम, तुलसी राना, शारदा शर्मा, लक्ष्मी आचार्यलाई जिम्मेवारी दिइएको छ । समितिमा घोराही उपमहानगर र अध्यक्षले एक एक जना सदस्यलाई मनोनयन गर्ने बताइएको छ ।।