२०८१ मङ्सिर २४ गते सोमवार

भिजिट भिसाबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति गठन



१३ माघ,घोराही –
सरकारले भिजिट भिसा र त्यसबाट उत्पन्न समस्याबारे अध्ययन गरी ठोस योजना बनाउन समिति बनाएको छ । नेपाली श्रमिकले यूएई लगायतको खाडीको देशमा कामका लागि भिजिट भिसामार्फत गएर समस्या भोगिरहेको सन्दर्भमा बुधबार गृह मन्त्रालयले गृह प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार बोर्डका प्रतिनिधि रहेका छन् ।

समितिले भिजिट भिसा उपलब्ध गराउने मापदण्ड बनाउन, विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणाली सुधार, अन्तर्राष्ट्रिय उडान तालिका, श्रमिकहरुले विदेशमा रहदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ । त्यसका लागि १५ दिनको समय तोकिएको छ ।।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्