२०८१ मङ्सिर १६ गते आइतवार

भेरी अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु



१३ माघ,घोराही –
नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मधुवन नगरपालिका वडा नम्वर ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा गएराती साढे १० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा यही माघ १० गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो ।

यस्तै कालिकोट शुभकालिका वडा नम्वर ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा हिजो बिहान सवा ११ बजे मृत्यु भएको हो । यही माघ ४ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा हिजा बिहान मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

यस्तै यता दाङमा बैशाख यता कोरोना संक्रमणका कारण २ सय १९ जनाको मृत्युुभएको छ भने १० हजार ३ सय ७ संक्रमित भएका छन् । ति मध्य ९ हजार ६ सय ५७ जना निको भएको जिल्ला आपद्कालिन कार्यसञ्चालन केन्द्र दाङले जानकारी दिएको छ । अहिले दाङमा सकृय बिरामीको संख्या ४ सय ३१ जनामा झरेको छ । उनिहरु मध्य ४ सय २३ जना घरमै, ७ जना आईसीयुुमा र एक जना अक्सिजन सहितको उपचारमा रहेका रहेका छन् ।।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्