१४ माघ,घोराही ।
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।
यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार सामान्य घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।
प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार