११ पुुस,घोराही –
घोराही कारागारबाट कैदी भागेपछि कारागारका जेलर र नेपाल प्रहरीले सुरक्षार्थ खटाएका सबै प्रहरी तानिएका छन् । कर्तव्य ज्यान मुुद्धामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्स छ ।
कारागारका जेलर युुवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरी सहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको हो । छालाको उपचार गर्न भनि कारागारका नाईके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले बुुधबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाईकलमा लिएर गएका थिए ।
तर उनिहरु अस्पताल नगई होटलमा पुुगेको र त्यहीबाट भागेका प्रहरीको भनाई छ । प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुुई जना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न भएका प्रहरी जवान सहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, ती दुुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।
भाग्न प्रयोग गरेको मोटरसाईकल लमही ६ बेलदमारको जंगलमा बिहिबार फेला परेको थियो । तर कैदी परियार भने अझै फेला परेका छैनन् । डिएसपी मुुकुुन्दप्रसाद रिजालको कमाण्डमा जिल्लामा र बाहिरबाट सिआईविको टोलीले समेत खोजी तथा अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।।