११ पुस,घोराही – त्रिभुवन नगर जेसिजको बर्ष २०२२ को अध्यक्षमा जेसि बिबेक आचार्य बिजयी भएका छन । शनिबार राती अबेर मतगणना पछि सार्बजनिक परिणाम अनुसार अध्यक्षमा आचार्यले १७ मतको अन्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वि जेसि रबि किरण केसिलाई पराजित गरेका हुन ।
आचार्यले ५९ मत ल्याइ निर्बाचित भएका छन भने उनिसंग प्रतिष्पर्धा गरेका केसिले ४२ मत ल्याएका थिए । त्यस्तै जेसिजको कार्यकारीणि उपाध्यक्षमा ५६ मत ल्याइ निर्बाचित भएका छन भने जेसि योगेश पन्तले कार्यकारीणि उपाध्यक्ष ७७ मत ल्याइ बिजयी भएका हुन । यसैगरेर सचिबमा रमेश घिमिरेले ५२ मत ल्याई बिजयी भएका छन ।।
प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार