११ पुस,घोराही –
यो हप्ता चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले यो हप्ता दिउँसो घाम लाग्दै बादल लाग्ने देखिएकाले चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो घाम लाग्दै बादल लाग्ने भएकाले अधिकतम तापक्रम पनि घटेर चिसो बढ्ने छ । अहिलेको अवस्था हेर्दा आउँदो मंगलबार र बुधबारलाई देशका पहाडी भूभागमा हल्का पानी पर्ने देखिएको उहाँले बताउनुभयो ।
पश्चिमी वायुको प्रभावले आज पनि देशका धेरै ठाउँमा घाम लाग्दै बादल लागेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । यसले चिसो बढ्ने भएकाले तातो न्यानो भएर बस्न पनि उहाँले सबैलाई सुझाव दिनुभएको छ ।।