२०८१ मङ्सिर १६ गते आइतवार

दाङ–सल्यान सडकखण्ड १५ दिन बन्द हुने



११ पुस,सल्यान – राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड १५ दिन बन्द हुने भएको छ । दैनिक तीन पटक गरेर आठ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

सल्यान–दाङ सडकखण्डमा पर्ने कपुरकोट–चोरखोला सडकखण्डमा सडक स्तरोन्नति हुन लागेकोले सडक बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । आजबाट लागु हुनेगरी २५ गतेसम्म सडक बन्द हुने र स्तरोउन्नतिको काम चल्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुनेछ । यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट–पैयाखोर डाइभर्सनको रुट प्रयोग गर्न सक्ने समेत जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

यसअघि पनि पटक–पटक यो सडक बन्द गरेर स्तरोन्नतिको कार्य गरिएको थियो । यो सडक जीर्ण बन्दा सल्यान, रुकुम र रोल्पाका नागरिकलाई सास्ती हुँदै आएको छ ।।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्