११ पुस,सल्यान ।
रोल्पा सिमेन्ट प्रालिसम्म आवतजावत गर्ने ट्रिपरका कारण उत्पन्न नकारात्मक प्रभावकोबारे आइतबार सल्यानमा छलफल हुने भएको छ । दाङ तुलसिपुर देखी सल्यान कपुरकोट हुँदै रोल्पा त्रिवेणी सम्मका स्थानीय नागरिकहरु र सडकमा आवतजावत गर्नेहरु धुलो तथा खाल्डाखुल्डी भएको सडकको कारण मारमा परेको भन्दै छलफल गर्न लागिएको हो । राजमार्गको अवरोध हटाउने जिल्ला समन्वय समिति सल्यानको आयोजनामा धुलो प्रभावित, ट्रिपर ब्यवशायी, कपुरकोट गाउँपालिकाका जनप्रतिनिधी, रोल्पा सिमेन्ट प्रालि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु र सडक डिभिजन कार्यालय, कपुरकोट बजार ब्यवस्थापन समितिका विच छलफल आयोजना गरिएको सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारि दिए ।
यसैविच प्रमुख जिल्ला अधिकारी सहितको टोलिले शुक्रबार धुलो प्रभावित कपुरकोट देखी खालि बजार सम्मको क्षेत्रको अवलोकन गरेको छ । धुलोले कपुरकोट देखी रोल्पा सिमेन्ट प्रालि सम्म सडक छेउँका वासिन्दालाई पारेको नकारात्मक प्रभाव, कपुरकोट खारा पहिरोले निम्त्याएको जोखिमको अवस्थाका बारे प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख गोविन्द थापा लगायत जिल्ला स्थित अन्य शुरक्षा निकायका प्रमुख, कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेन, स्थानीय ब्यवशायी, नागरिक समाज, पत्रकार सहित अनुगमन गरेको हो । आइतबारको बैठकबाट धुलो नियन्त्रण, जीर्ण सडकको मर्मत लगाएतका विषयमा मसिनो ढंगले छलफल गरेर आवश्यक निर्णय लिइने प्रजिअ तामाङले बताए ।