१० मंसिर, चितवन –
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा दलहरुबीच समान धारणा निर्माण गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।
‘लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवनपद्धति बनाउन कानुनी शासन जनअधिकार स्थापना गर्न व्यक्तिगत स्वतन्त्रको गर्न राष्ट्रिय स्वाधीनता र अखण्डतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन र समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउनु हामी सबै पार्टीको एउटै लक्ष्य हो र हुनुपर्छ,’ उनले भने।
शुक्रबार चितवनको नारायणी किनारमा आयोजित एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिँदै उनले नयाँ संविधानमार्फत् लोकतन्त्रको मूल्य र मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेवार राजनीतिक दलको रुपमा भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गरे।