२०८१ मङ्सिर २५ गते मङ्गलवार

दाङ जिल्ला सभापतिमा भूपबहादुरको उम्मेदवारी



१० मंसिर, दाङ-
नेपाली काङ्ग्रेस दाङको जिल्ला सभापतिको रेसमा कांग्रेस क्षेत्र नम्बर २ का निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन । डाँगी नेर्तत्वको लागि काबिल नेता हुन् । संगठन बिस्तारमा उनको तदारुकता सधैं रहने गर्दछ । पार्टी पङ्तिमा सधैं जुधारु नेताका रुपमा चिनिने डाँगी शालिन स्वभावका व्यक्ति हुन् । कार्यकर्ता र जनताका प्रिय नेताका रुपमा रहेका डाँगी सभापतिका बलिया उम्मेदवार मानिएका छन् ।

दुई कार्यकाल क्षेत्रीय सभापतिको नेतृत्व हाँकिसकेका डाँगीका जिल्ला सभापतिको रेसलाई बलियो सम्भावित रेसका रुपमा पार्टी पङ्तिमा हेरिएको छ । १४ औँ महाधिवेशनमा कांग्रेस महाधिबेशन प्रतिनिधिमा उम्मेद्वार भइ लोकप्रिय मतका साथ चुनाव जितेका हुन् ।

भुपबहादुर डागीले भने ‘सस्थापन समुहबाट सभापतिको आधिकारिक उम्मेद्वार म नै हो , म संस्थापन समुहबाट सभापतिको उम्मेदवार रहेको छु ।’
उनले आफुसँग खुमबहादुर खड्का निकट नेताहरु गेहेन्द्र गिरि, सुशिला चौधरी, भिमप्रकाश खड्का लगायतका नेताहरु सबै रहेको भन्दै चुनाब जित्ने बताए ।

यसैबिच हिजो बिहीबार घोराहीमा भनिएको खुमबहादुर खड्का समुहको भेलाको कुनै अर्थ नरहेको भन्दै खुमबहादुरको नाम भजाएर राजनीति गर्ने दिन गएको डाँगीले बताए । खुमबहादुर समुह सबै आफुसँग नै रहेको भन्दै खुमबहादुरको नाम नभजाउन पनि उनले आग्रह गरे । संस्थापन समुहबाट जानकीलाल बस्नेत र कमलकिशोर घिमिरेको उम्मेद्वार पर्ने बताईएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्