११ मंसिर ।
दाङमा आइटेल माबाइल एकै दिनमा एघार हजार पिस सेल्स भएको हो । दाङमा बिक्रि बितरण भैरहेका अधिकांश मोबाइल ब्रान्डहरुमा आइटेल ब्रान्डको यो पहिलो कृतिमानि हो । गत बर्ष देखि दाङ लगाएत सल्यान र रुकुम जिल्लाको लागि आधिकारीक डिलरको रुपमा रहेको इलेक्ट्रो वल्र्ड घोराहिले उक्त परीणाममा मोबाइल सेल्स गर्न सफल भएको हो । सो अवसरमा दाङको घोराहिमा केक काटेर आगामि दिनमा पनि यसरीनै काम गर्ने प्रतिबद्धता सहित रीटेलर तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गरीएको हो । १०० दिनको रीप्लेसमेन्ट ग्यारेन्टि र १ बर्षको वारेन्टि सहित बजारमा आएको आइटेल मोबाइल अम्बे गु्रप मार्फत संचालनमा आएको महालक्ष्मि मोबाइल प्रालिले नेपालमा बिक्रि बितरण गरीरहेको छ ।
यो ब्रान्ड नेपाली बजारमा अत्यधिक रुचाइएको ब्रान्ड भएको र यो मोबाइल निकै बलियो र निम्न बर्गका ग्राहकहरुले पनि प्रयोग गर्न सकिने यस कम्पनिका सेल्स म्यानेजर मनिस कुमार गुप्ताले बताउनुभयो । साथै उँहाले ग्राहकले रोजे जस्तो र खोजे जस्तो भएका कारण सबैले यो मोबाइल प्रयोग गर्न पनि अपिल गर्नुभयो । साथै उँहाले आइटेल मोबाइलको बारेमा प्रष्ट समेत पार्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैले आ–आफ्नो धारणा सहित शुभकामना पनि ब्यक्त गरेका थिए ।
इलेक्ट्रोवल्डका संचालक शिवराज जिसिको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो भने महालक्ष्मि मोबाइल प्रालिका सेल्स म्यानेजर मनिस कुमार गुप्ता र मोबाइल डिलर संघ दाङका अध्यक्ष राज रानाको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । साथै कार्यक्रम आइटेल मोबाइलका दाङ सर्भिस पार्टनर सरद शर्मा लगाएत रीटेलरहरुको उपस्थितिमा भएको थियो भने कार्यक्रमको सहजिकरण महालक्ष्मि मोबाइल प्रालिका एरीया सेल्स म्यानेजर दिपक वलीले गर्नु भएको थियो ।