२०८१ मङ्सिर १६ गते आइतवार

दाङमा डिजल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदुषण मापन

५३ वटा सवारी साधानको प्रदुषण मापन गर्दा ३७ वटा गाडी पास १६ वटा फेल


९ कार्तिक,दाङ – दाङको देउखुरीमा डिजल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदुषण मापन गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागले जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयको सहकार्यमा सवारीसाधनको प्रदुषण मापन सुरू गरेको हो ।

सवारीसाधनको धुवाबाट वातावरण प्रदुषण बढेकाले प्रदुषण रोकथामका लागि सवारीसाधनको प्रदुषण मापन सुरू गरिएको वातावरण विभागका मेकानिकल इन्जीनियर विजय अधिकारीले बताउनुुभयो । वातावरण विभागले लुम्बिनी प्रदेशबाट प्रदुषण मापन सुरू गरेको छ । विभागले सोमवार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङबाट प्रदुषण मापन अभियान सुरू गरेको छ ।

भालुवाङमा कुल ५३ वटा सवारीसाधन मध्य डिजलबाट सञ्चालन भएका २७ वटा सवारीसाधनको प्रदुषण मापन गर्दा १२ वटा गाडी पास र १५ वटा गाडी फेल भएका छन् । त्यसैगरि पेट्रोलबाट सञ्चालन हुने २६ वटा सवारीसाधनको प्रदुषण मापन गर्दा २५ वटा गाडी पास र १ वटा गाडी फेल भएको वातावरण निरिक्षक प्रकाश केसीले बताउनुभयो ।विभागले लुम्बिनी प्रदेशको भालुवाङ पछि अब अन्य प्रदेशमा पनि प्रदुषण मापन गरिने बताइएको छ ।

बढ्दो प्रदुषण रोक्न यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले पनि स्थायी राजधानीमा यन्त्र ल्याउन प्रयास थालेको यातायात व्यवस्था सेवा कार्यालय भालुवाङका मेकानिकल इन्जीनियर भरतकुमार कार्कीले बताउनुुभयो ।नेपाल सरकारले थालनी गरेको सवारीसाधान प्रदुषण मापन गर्ने काम कमै मात्रमा हुँदा यसले वातावरणमा प्रतिकुल असर परिरहेको हुन्छ ।
वातावारण प्रदुषण मापनमा फेल हुने सवारी साधानलाई पहिलो पटक सम्झाई बुझाई छोडिने र दास्रो पटक फेल भए यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको नियम अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख उत्तमकुमार जिसीले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्