१० असोज, बर्दिया –
पौडी खेल्ने क्रममा डुबेका दुई जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ। बर्दियाको बारबर्दिया नगरपालिका ९ स्थित एक नहरमा शनिबार पौडी खेल्ने क्रममा डुबेका उनीहरूको शव सशस्त्रले फेला पारेको हो ।
उक्त नहरमा पौडी खेल्ने क्रममा सोही नगरपालिका ९ बस्ने १७ वर्षीय विशाल थारु र १८ वर्षीय सुरेश चौधरी डुबेको भन्ने जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कर्तनियाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको शव उक्त नहरबाट बाहिर निकालेको हो ।
प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार