१० असोज, घोराही –
दाङमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या एक लाख ६० हजार पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार गत फागुन देखी सुरु भएको खोप कार्यक्रम अन्तरगत अहिले सम्म एक लाख ६० हजार जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन् ।
ति मध्य एक लाख ३० हजारले पूर्ण खोप लगाईसकेका छन् भने बाँकी ३० हजार जनाले आगामी कार्तिक ५ र ६ गते दोस्रो डोज खोप लगाउने सुनिश्चित भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ ।
अहिले सम्म ४५ बर्ष माथीका सबै नागरिकले खोप लगाएका छन् । त्यसैगरी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, शिक्षक, पत्रकार एवं कोरोना महामारी नियन्त्रणका क्रममा अग्रपंक्तीमा खटिएर काम गरेकाले समेत खोप लगाएका छन् ।
यसैविच स्वास्थ्य कार्यालयले तिहार अघि नै बालबालिकाका लागि खोप आउने सूचना आएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले अब बालबालिकालाई पनि खोप लगाउने तयारी गरेको र तिहार अघि नै आउन सक्ने कार्यालय प्रमुख शाहीको भनाई छ ।
यसैबीच दाङमा कोरोना भाइरसका सक्रिय विरामीको अहिले ५९ जनामा झरेको छ ।गएको बैशाख यता ९ हजार ७ सय ८१ जनामा कोरोना संक्रमण देखिएको र ति मध्य ८ हजार ८ सय ४ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युभएको छ ।।