१० असोज,घोराही –
दाङका ३ स्थानीय तहमा कोरोनाका बिरामीको संख्या शून्यमा झरेको छ। बंगलाचुली, राजपुर र दंगिशरण गाउँपालिकामा कोरोनाका सकृय बिरामी नरहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
दाङका अन्य ७ स्थानिय तहमा अहिले ५९ जना कोरोनाका सकृय बिरामी रहेका छन् । ति मध्य घोराहीमा १९, तुलसीपुरमा १४, राप्तीमा ११, लमहीमा ६, गढवामा एक र बबईमा एक र शान्तिनगरमा एक जना कोरोनाका सकृय बिरामी रहेका छन् ।
अहिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक जना मात्रै कोरोनाका बिरामी आईसीयूमा उपचाररत रहेका छन् । त्यसैगरी, कोरोना अस्पताल बेलझुण्डिमा आईसीयूमा ६ जना उपचारमा रहेको व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभएको छ ।
उता तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो अस्पतालमा र लमहीको रातोडाँडामा सञ्चालन गरिएको कोरोना अस्पतालमा विरामीको संख्या शून्य रहेको छ । पछिल्लो समय लकडाउन सबै क्षेत्रमा खुले पनि कोरोनाका बिरामी घट्दो रहेको छ ।।