२०८२ बैशाख ९ गते सोमवार

दाङमा आज थप ५ जनामा कोरोना पुष्टि, १८ जना निको



१० असोज, घोराही –
दाङमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० जनाको पिसिआर परिक्षण गर्दा तुलसीपुरका २, लमही, शान्तिनगर र गढवाका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, आज १८ जना कोरोना मुक्त भएका छन् ।

निको हुनेहरुमा घोराहीका ५, तुलसीपुरका ४, गढवाका ४, लमहीका २, राप्तीका २ र बबईका एक जना रहेका छन् । दाङमा अहिले ३ जना जिल्ला बाहिरका सहित ५९ जना कोरोनाका सकृय बिरामी छन् । ति मध्य ५० जना घरमै र ७ जना आईसियूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

दाङमा बैशाख यता ९ हजार ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ८ हजार ८ सय ४ जना निको भएका छन् भने २ सय १५ जनाको मृत्युभएको छ ।।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस्