१० असोज, दाङ –
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ । दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको हो । उपाध्यक्षमा रुपेन्द्र मल्ल, अम्विका परियार र सम्झना खनाल चयन भएका छन् ।
प्रमुख सचिवमा राजेन्द्र विष्ट तथा सचिवहरुमा सागर पन्त, मदन जिएम, सुदर्शन पुन, दिलिप शर्मा चयन भएका छन् । प्रमोद थापा कोषाध्यक्ष बनेका छन् ।।
प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार