२०८१ माघ १२ गते शनिवार

काठमाडौंका विद्यालय पनि आजदेखि खुल्ने



१० असोज, काठमाडौं- काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना महामारीका कारण वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगर भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका हुन ।

आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय काठमाडौं महानगरपालिकाले गरेको थियो । महानगरपालिकाले आजदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी पनि गरिरहेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस्