१० भदौ, घोराही- नेकपा (एमाले)ले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नेतालाई निष्कासन गर्ने निर्णय गरेको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले नयाँ पार्टीमा गएका नेतालाई कारबाही गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुुभयो । “नयाँ पार्टीमा गएका नेतालाई एमालेबाट निष्कासन गर्ने निर्णय गरेका छौं,” ज्ञवालीले भन्नुुभयो।
एकीकृत समाजवादीमा गएका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ। यस सम्बन्धी निर्वाचन आयोगलाई जानकारी दिइने भएको छ । नयाँ पार्टीमा गएका नेता तथा कार्यकर्तालाई एमालेमै फर्किन केन्द्रीय कमिटीले आग्रह गरेको छ। “फर्केर आउने साथीहरूलाई स्वागत गर्छौं, उनीहरूका लागि पार्टीको ढोका खुला छ,” ज्ञवालीले भन्नुभयो ।।