२०८१ चैत्र १३ गते बुधवार

आधुनकिता बढेसँगै नेपालमा स्तनपान गराउनेको संख्या घट्यो



१० भदौ, घोराही –
नेपालमा स्तनपान गराउने दर घट्दै गएको पाइएको छ । महिलाको साक्षरता दर बढ्दै गए पनि पछिल्लो समय स्तनपान गराउनेको संख्या कम हुँदै गएको हो । अनिवार्य रूपमा निश्चत समयसम्म नरिन्तर स्तनपान गराउनुपर्ने पोषण विद्हरूको भनाइ छ ।

नेपालमा साक्षरता दर बढ्दै गए पनि स्तनपान गराउने आमाको संख्या क्रमशः घट्दै गएको परविार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराजुली जानकारी दिनुभएको छ

करिब २० वर्षअगाडी नेपालमा ८८ प्रतिशत आमाले आफ्ना सन्तानलाई स्तनपान गराएको पाइएको थियो भने अहिले त्यो संख्या घटेर ४२ प्रतिशतमा झरेको छ । सन् २०१६ मा शिशु जन्मने बित्तिकै ६६ प्रतिशतले स्तनपान गराउँथे भने हाल यो संख्यामा कमी आउन थालेको छ ।

सुत्केरी आमाबाट आउने बिगौते दूध बच्चाका लागि पहिलो महत्वपूर्ण खोप भएको पोषण शाखाका प्रमुख पराजुलीले बताउनुभयो । तर नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या घट्दै जानु राम्रो नभएको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्