१० भदौ, दाङ –
दाङमा पछिल्लो समय भाइरल ज्वरो र टाइफाइडका बिरामीको संख्या बढेको छ । मौसम परिवर्तन सँगैै जिल्लामा भाइरल ज्वरोको संक्रमण बढेको देखिन्छ । दाङको तुलसीपुर स्थित राप्ती प्रदेशिक अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाहरुमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
केही साता यता पहिलेको तुलनामा बिरामीको सङ्ख्यामा वृद्धि भएको राप्ती प्रादेशिक अस्पतालले जनाएको छ ।अस्पतालमा पछिल्लो समय दैनिक आउने बिरामीमध्ये ६० प्रतिशत बढी भाइरल ज्वरोका बिरामी भएको चिकित्सकहरुको भनाई छ । अस्पतालमा दैनिक २ सय बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
त्यस्तै तुलसीपुरको बसपार्कमा रहेको सौगात मेडिकल हलको अवस्था पनि उस्तै छ । दैनिक रुपमा चेकजाचगर्न आउने विरामी मध्ये अधिकांश भाईरल ज्वरोका बिरामी रहेकोे मेडिकलका चिकित्सक कर्ण बहादुर केसीले जानकारी दिनुभयो । पछिल्लो समय भाइरलबाट सबैभन्दा बढी बालबालिका र वृद्ध बृद्धा प्रभावित रहेका छन् ।कोरोना भाईरसको महामारी संगै भाईरल ज्वरोको प्रकोप पनि फैलिदै गएको छ ।
राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि पुग्ने बिरामी मध्ये अधिकांशमा भाइरल ज्वरो र टाइफाइडको सङ्क्रमण देखा परेको अस्पतालमा कार्यरक्त डा।प्रबिण गुप्ताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका बिरामीआउने गरेका छन तर कसैले कोरोना परिक्षण गर्न मान्दैनन् ।
जिल्लाभरका अस्पतालमा भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेका छन् जसका कारण उपचार गर्नमा समेत समस्या भैरहेको छ । अस्पतालहरुमा हल्काज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्ने लगायत लक्षण भएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
भाईरल ज्वरो एक प्रकारको भाईरसबाट सर्ने भएकोले यसबाट बच्न अनिवार्य रुपमा माक्सको प्रयोग गनुपर्ने, सरसफाईमा बिषेश ध्यान दिनु पर्ने राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। बिनोद सिंहले बताउनुभयो । भाईरल ज्वरोका बिरामीको सङ्ख्या अघिल्ला वर्षहरू भन्दा बढेको छ ।
भाइरल इन्फेक्सनभयो भने स्वासप्रश्वासमा समस्याआउने, रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरूलाई झाडापखाला हुने र समयमै निको भएन भने निमोनिया पनि हुन सक्ने चिकित्सकहरुको भनाई रहेको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण भएकाले सचेत रहन समेत चिकित्सकहरुले आग्रह गरेका छन ।।