२०८१ माघ १२ गते शनिवार

महिला हिंसाका घटनामा घर परिवारबाटै हुने गरेको तथ्य फेला



१० भदौ, घोराही –
महिला तथा बालिकामाथि हुने बलात्कार तथा हिंसाका अधिकांस घटनाहरु घर परिवारबाटै हुने गरेको तथ्य फेला परेको छ । लुम्बिनी प्रदेश सरकारद्धारा प्रकासित लैगिंक अनुपातको बस्तुस्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । जसमा घरेलु हिंसामा शारिरीक र मानसिक हिंसा बढी हुने गरेको उल्लेख छ ।

विवाह जन्य हिंसा, बहुविवाह, यौन हिंसा, कुरीति कुसंस्कार जन्य हिंसा, बेचबिखन तथा ओसारपसार, सार्वजनिक स्थलमा हुने हिंसा, सामाजिक दुरुपयोगबाट हुने हिंसा, राजनीति क्षेत्रमा हुने हिंसा, नागरिकता तथा पहिचान जन्य हिंसा र रोजगारी जन्य हिंसा बढी हुने गरेको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय घरभित्रैबाट हिंसाका घटनाहरु बढी हुने गरेको तथ्याङकले देखाएको छ । यसैगरि प्रहरीको तथ्याङ्कमा वितेको आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेश प्रहरीमा सबैभन्दा धेरै घरेलु हिंसाका २ हजार ३ सय १८ वटा मुद्दा दर्ता भएका छन ।

त्यस्तै जवरजस्ती करणिका ४ सय ४३, जवरजस्ती करणी उद्योगका १ सय ३२, बहुविवाह १ सय ३१, बाल विवाह १०, बोक्सीको आरोप ९, जातिय छुवाछुत ५, अप्राकृतिक मैथुन ११, बालयौन दुराचार ३२, अवैध गर्भपतन ४, कर्तव्य ज्यान ४५, मानव बेचविखन २६, आत्महत्या ६ सय ४६, अपहरण तथा शारिरिक बन्धक ११, अपहरण तथा शारिरिक बन्धक पश्चात जवरजस्ती करणी ५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरीको तथ्याङकले देखाएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्