२०८१ चैत्र ११ गते सोमवार

दाङमा ६० वर्षमाथिका नागरिकलाई गफगाफ गर्न दिवा सेवा



१० भदौ, घोराही – 
दाङमा ६० वर्षमाथिका नागरिकलाई लक्षित गरि दिवा सेवा सञ्चालन गरिएको छ । राप्ती गाउँपालिकाले वडा नम्बर ३ मसुरिया र वडा नम्बर ५ सिसहनियामा ६० वर्षमाथिका नागरिकलाई एकै ठाउँ राखेर गफगाफ, भेटघाट र मनोरञ्जन गर्ने उद्देश्यले दिवा सेवा सुरु भएको हो ।

दिवा सेवामा ज्येष्ठ नागरिकलााई अध्ययन गर्न पुस्तक, मनोरञ्जनका लागि बाद्यवादन र खाजाको व्यवस्था गरिएको महिला विकास निरीक्षक जीवन जिसीले बताउनुभयो ।

राप्ती गाउँपालिका महिला बालबालिका, अपांग तथा ज्येष्ठ नागरिक शाखाले गाउँपालिका क्षेत्रका ज्येष्ठ नागरिकलाई पायक पर्ने गरी मसुरिया र सिसहनियामा दिवा सेवा सुरु गरेको छ । यस्तै ज्येष्ठ नागरिकको उचित स्याहार गर्ने छोरा, छोरी–बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित सम्मान गर्दै आएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्