२०८१ जेष्ठ ५ गते शनिवार

असोज १५ गतेदेखि तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी



११ साउन, घोराही –
स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने बताएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले उक्त कुरा बताउनुभयो ।

आगामी पाँच महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने समेत उहाँको भनाई छ । हालको स्थिर अवस्थालाई हेर्दा पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम छ ।

संक्रमितमध्ये २८ हजारलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।।

 

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्