२०८१ असार ५ गते मङ्गलवार

गायिका सुनार मृत्यु प्रकरण : प्रेमी विरुद्ध ज्यानसम्बन्धी कसूरमा जाहेरी



१२ असार, काठमाडौं

लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पीडित परिवारले ज्यानसम्बन्धी कसूरमा किटानी जाहेरी दिएको छ ।

प्रहरी वृत्त, बालाजुमा परिवारले सुनारको हत्या भएको दाबीसहित उनका प्रेमी सूर्य श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएको हो । परिवारको जाहेरी आएपछि दर्ता गरेर अनुसन्धान थालिएको बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले बताए ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामामृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

सुरुमा घटनाबारे अनविज्ञता प्रकट गरेका श्रेष्ठलाई अनुसन्धान अधिकृतले प्राविधिक पक्षको विश्लेषणसहित उनी त्यहाँ रहेको बताएपछि उनले राति सोही कोठामा बसेको स्वीकारेका थिए ।

‘बिहान उठ्दा झुण्डिरहेको देखेपछि आत्तिएर भागेको थिएँ’ उनले प्रहरीसँग बयान दिँदै भनेका छन्, ‘हतार हतार सल निकालेँ, तर सास थिएन ।’ त्यसपछि डराएर सल लिएर आफू कोठाबाट भागेको उनले बताएका छन् ।

उनले बताएअनुसारकै स्थानबाट प्रहरीले सल बरामद गरेको छ । सललाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ । शव भने पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्