२०८१ असार २ गते शनिवार

दाङका तीन पालिकामा चालुवर्षको तुलनामा कम बजेट



१२ असार, दाङ  – दाङका स्थानीय तहमा चालुवर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट आकार घटेको छ । दश स्थानीय तहमा चालुवर्षको तुलनामा आगामी आर्थिक वर्षमा १ अर्ब ४७ लाख ७५ हजार कम आएको हो ।

जिल्लाका दुई उपमहानगर सहित दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/२०८० का लागि ९ अर्ब ४९ करोड १२ लाख ७९ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।

चालु वर्षमा जिल्लाका दश स्थानीय तहले १० अर्ब ४९ करोड ६० लाख ५४ हजारको बजेट ल्याएका थिए । तुलसीपुर उपहानगरपालिकासहित बबई र दंगीशरण गाउँपालिकामा आगामी वर्षको बजेट चालुवर्षको तुलनामा कम आएको हो ।

तुलसीपुर उपमहानगरपालिकामा चालुवर्षको तुलनामा आगामी वर्षको बजेट १ अर्ब ५३ करोड ४८ लाख ३६ हजारले कम आएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वषका लागि १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट ल्याएको छ ।।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्