२०८१ फाल्गुन ३ गते शनिवार

डेढ घण्टा देखि घोराही–तुलसीपुर आवतजावत बन्द



१२ असार,घोराही –
दाङमा नियमित परेको बर्षाले गर्दा खोलाहरुमा पानीको बहाब बढेपछि घोराही–तुलसीपुर आवतजावत ठप्प रहेको छ । सोही सडक खण्डका पत्रेखोला, सेवार खोला र हापुर खोलामा पानीको बहाब बढेपछि कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन् ।
अन्य समयमा सवारी आवतजावत भएपनि आज खोलामा अत्याधीक पानीको वहाव बढेपछि करिव डेढ घण्टा देखि आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुुभयो । साथै उहाँले नदी तथा खोलामा पानीको बहाब बढेकाले सचेत रहन आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्