१२ असार, घोराही –
दाङमा एक महिलालाई खोलाले बगाएको छ भने डुवानमा परेका ५ जनाकोे उद्धार गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ हापुर सिउपुरकी अन्दाजी ५०/५२ वर्षको महिला पत्रेखोलामा बगेर वेपत्ता भएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख गणेश गिरीले जानकारी दिनुभयो ।
जितपुरबाट घर फर्कने क्रममा पत्रेखोलालेमा दिउँसो करिब साढे दुई बजेतिर वेपत्ता भएको उहाँले बताउनुभयो । वेपत्ता महिलाको खोजीकार्य जारी रहेपनि अझैसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै तुलसीपर १५ हापुर खोलाको विचमा डुवानमा परेका ५ जान सहित एक हल गोरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । खेतमा धान रापाईका लागि गएका उनीहरु खोला वढेपछि डुवानमा परेका हुन् ।।