२०८१ जेष्ठ ३० गते बुधवार

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



१२ जेठ , घोराही –
दाङमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत घोराही १० सेवार खोला नजिकै रा १ क ४३७३ नम्बरको ट्रकले रा ५ प १५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनमा घोराही १९ नयाँ बस्तीका २५ वर्षिय बागकुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताउनुभयो । उहाँकाअनुसार मिनि ट्रक घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको थियो ।

सोहि समयमा विपरित दिशाबाट आएको मोटरसाइकलाई आज साँझ साढे ५ बजे ट्रकले ठक्कर दिएको थियो । शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्