२०८१ जेष्ठ ३० गते बुधवार

थारू समाज परिवर्तनमा कलाकारहरूको भुमिका महत्त्वपूर्ण



१२ जेठ, घोराही  – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले थारू समाजलाई परिवर्तन गर्न थारू कलाकारहरूको महत्त्वपूर्ण भुमिका रहने बताउनुुभएको छ ।

राष्ट्रिय थारू कलाकार मञ्च दाङले देउखुरीका ४ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आज लमहीमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सो कुरा बताउनुुभएको हो ।

त्यस्तै कार्यक्रममा बोल्ने वडा अध्यक्षहरूले कलाकारहरूको क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्ने बताउनुुभयो ।मञ्चका सचिव तथा कार्यक्रम संयोजक राजेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले थारू भाषा, संस्कृति संरक्षणमा जोड दिन आग्रह गर्नुभएको थियो ।

मञ्चका सदस्य गौतम चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका प्रवक्ता दोषहरण चौधरीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्