२०८१ जेष्ठ ३० गते बुधवार

चोरीको मोटरसाइकल फेला



१२ जेठ, दाङ – दाङ देउखुरीको सिसहनियाँमा चोरीको मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । दुई दिन पहिले घरबाट चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारी सवारीधनी राप्ती गाउँपालिका ८, पिपरी निवासी बलबहादुर बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

यही जेठ १० गते बुढाथोकीको टु ट्वाइन्टी रातो कालो रंङ्गको रा ३ प ३९६ नम्बरको मोटरसाइकल आफ्नै गोठ भित्र राखेको अवस्थामा चोरी भएको थियो । ईलाका प्रहरी कार्यालय सिसहनियाँको प्रहरी टोलीले खोजतलास कै क्रममा आज बिहिबार बिहान पिपरी गल्लीबाट उक्त मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी सम्बन्धित सवारीधनीलाई उक्त मोटरसाईकल हस्तान्तरण गरेको इप्रका सिसहनियाँका सई कुमार केसीले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिका ८, नम्बर वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ्गको रोहबरमा पत्रकार सहितको उपस्थितमा इलाका प्रहरी कार्यालय सिसहनियाँका सई कुमार केसीले उक्त मोटरसाइकल सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेका थिए।।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्