२०८१ असोज २३ गते बुधवार

लुम्बिनीमा कोरोना माहामारी अन्त्यको कामना गर्दै बुद्ध जयन्ती मनाइयो



१२ जेठ,कपिलवस्तु । कपिलवस्तुमा आज २५६५ औं बुद्ध जयन्ती मनाइएको छ । बौद्ध धर्मावलम्बीहरुले कोरोना माहामारी अन्त्यको कामना गर्दै रतन सुत्र पाठ गरेका छन।

नेपालसँगै विश्वले नै कोरोना भाइरस संक्रमणबाट ‘मुक्ति पाओस’ भन्दै कामना गरिएको थियो । जसका लागि करिब ३० जनाभिक्षु, भिक्षुणी, लामागुरु र गुरुमाले प्रार्थना गरेका हुन ।

उक्तकार्यमा उपस्थित सबैले स्वास्थ्य मापदण्ड पालना गरेका थिए । कार्यक्रममा थेरबादी र महायानी परम्परा अनुसार मंगलकामना गरिएको थियो । त्यसपछि रतन सुत्र पाठ गरिएको छ । भिक्षु महासंघका अध्यक्षभिक्षु मैत्री महास्थवीरले शिलप्रदान गर्नुुभएको थियो ।

त्यस्तै, कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देश भिडियो मार्फत देखाइएको थियो । पर्यटन मन्त्री भानुभक्त ढकालले पठाएका शुभकामना सन्देश लुम्बिनी विकास कोष सदस्य सचिब सानुराज शाक्यले पढेर सुनाउनुुभएको थियो ।।

।।

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्