२०८१ जेष्ठ ३० गते बुधवार

उम्मेदवारी दिएका विरुद्ध आज उजुरी दिन पाइने



१३ बैशाख,घोराही –
आउँदो ३० गते हुने पालिका चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने छ । मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ । हिजो र अस्ति मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची कतिपय निर्वाचन अधिकृतका कार्यालयहरुले गएराति नै प्रकाशन गरिसकेका छन् भने बाँकी रहेका कार्यालयले आज प्रकाशन गर्नेछन्।
यस्तै भोलि र पर्सि मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । पर्सि १५ गते बेलुकी पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
१६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्