२०८१ साउन ५ गते शनिवार

आज ३ हजार ५५६ जनामा कोरोना पुष्टि,थप १२ जनाको मृत्यु



१३ बैशाख,घोराही । आज नेपालमा ३ हजार ५५६ जना कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २९३ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

यस्तै आज ३७८ जना निको भएका छन् । थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी सक्रिय संक्रमित संख्या २२ हजार ४३४ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । मृतक संख्या ३ हजार १७६ पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्