२०८१ जेष्ठ ५ गते शनिवार

रोल्पाको एक घरमा आगलागी हुदा साढे १० लाख बढीको क्षति



१३ बैशाख ,रोल्पा । रोल्पाको एक घरमा आगलागि हुदा साढे १० लाख बढीको क्षति भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका ५ उपल्लो सेवार गोठिखर्कको एक घरमा आगलागी हुँदा साढे १० लाख बढीको क्षति भएको छ ।

आइतबार दिउँसो लुङ्ग्री गाउँपालिका–५ उपल्लो सेवार गोठिखर्कका तुले घर्ती मगरको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख ५७ हजार ९ सय ६० रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्