१३ बैशाख,घोराही ।
दाङमा सक्रिय संक्रमितको संख्या ५ सय ३० पुगेको छ । पहाडि जिल्लामा २ सय र तराईका जिल्लामा ५ सय सकृय संक्रमितको संख्या पुगे लकडाउन गरेर नियन्त्रण तर्फ जानु पर्ने कोरोना संकट व्यवस्थापन समितिको बैठकले मन्त्रिपरिषद्मा सिफारीस गरेको छ ।
स्वास्थ्य कार्यालय दाङअनुसार सबै भन्दा धेरै तुलसीपुरमा २ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।यस्तै घोराही१ सय ८५, लमहीमा २४, बबईमा २३, राप्तीमा १४, शान्तिनगरमा १२, दंगीशरणमा ९, गढवामा ८ जना सकृय बिरामी रहेका छन् ।
बंगलाचुली र राजपुरमा सक्रिय संक्रमितको संख्या शून्य छ । अहिलेसम्म दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।अहिलेसम्म दाङमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय १४ रहेको छ । यसैगरी, ३ हजार ६ सय ८३ जना कोरोना मुक्त भएका छन् ।
यसैविच दाङ सहित ९ जिल्लामा निषेधाज्ञा हुन सक्ने संकेत देखिएको छ । दाङ सहित काठमाण्डौ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।
यसैविच आज बेलुका पाँच बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको छ ।कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि आजको बैठक केन्द्रीत हुने बताईएको छ । हिजो बसेको कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कम्तीमा तीन हप्ता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।।