२०८१ साउन ३ गते बिहिवार

झाडापखालाबाट दाङमा दुई दिदीबहिनीको मृत्यु



१३ बैशाख,दाङ । दाङमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको मृत्यु भएको छ । शनिबार बेलुवा स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका वडा नं ६ का प्रेम बुढाका ११ बर्षिय रिता बुढा र १३ बर्षिय विनिता बुढाको निधन भएको हो ।

दिदी विनिताको आईतबार विहान २ बजे र बहिनी रीताको विहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए । उनीहरुको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्