२०८० फाल्गुन १२ गते शनिवार

दाङ क्रिकेट लिग आजबाट सुर, घोराही टाईगर्सले जीत दर्ता गर्दै सुखद शूरुवात



१२ चैत,घोराही – दाङ क्रिकेट लिग आज एक कार्यक्रम गरी भव्य रुपमा शुरु गरिएको छ । दाङ क्रिकेट संघको आयोजनामा आयोजित लिगको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया क्रिकेट मैदानमा आयोजना गरिएको प्रतियोगिता १७ गते सम्म चल्ने छ । लिगमा पाँच वटा व्यावसायिक टीमले प्रतिष्पर्धा गर्दैछन् ।

लिगको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले खेल क्षेत्रको विकासमा घोराही उपमहानगरपालिकाले सकेको जति लगानी र प्रबद्र्धन गरेको बताउनुभयो। सबै खेल क्षेत्रको विकास गर्न नगर प्रतिबद्ध रहेको भन्दै यो प्रतियोगिताका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वस्थ जीवनको आधार नै खेल क्षेत्र भएको बताएका छन् । खेल क्षेत्रले देशको शिर उचो बनाउन सफल भएको भन्दै अब खेलाडीहरुलाई ब्यवसायीक बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

संघका सदस्य कैलाश रोकामगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सदस्य किशोरचन्द्र गौतमले गर्नुभएको थियो ।

घोराही टाईगर्सले जीत दर्ता गर्दै सुखद शूरुवात

दाङ क्रिकेट लिगको खेल आजबाट शुरुभएको छ । उदघाटन खेलमा घोराही टाईगर्सले जीत दर्ता गर्दै सुखद शूरुवात गरेको छ ।
लिगको पहिलो खेलमा घोराही टाईगर्सले देउखुरी वारियर्संलाई ३ विकेटले पराजित गर्दै जीतको यात्रा थालेको छ । देउखुरी वारियर्ससँग भएको खेलमा घोराही टाईगर्सले जवाफी व्याटिङ गर्दै १६ दशमलव ५ ओभरमा आफ्नो ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यसअघि देउखुरी वारीयर्सले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभर मा ७ विकेट गुमाएर जम्मा १३९ रन बनाउन सफल भएको थियो ।पहिलो खेलको म्यान अफ द म्याच देउखुरी वारियर्सका बिशाल बिक्रम केसी भएको लिग आयोजक संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्