२०८१ साउन ४ गते शुक्रवार

दाङमा म्यादी प्रहरीको लागि साढे सात हजार आबेदन




१२ चैत,घोराही- आगामी २०७९ बैशाख ३० गतेका लागि तोकिएको स्थानिय तह निर्वाचनका आह्वान गरिएको आबेदनमा दाङमा साढे ७ हजार बढीले म्यादी प्रहरीले निबेदन दिएका छन् ।

यही चैत्र ६ गते देखी ११ गते सम्म आह्वान गरिएको समय भित्र ७ हजार ६ सय ६३ जनाले आबेदन दिएका हुन् । जस्मा ५ हजार ४ सय ६२ जना पुरुष र २ हजार २ सय एक जना महिलाले आबेदन दिएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

दाङमा १ हजार ६ सय ४ जना म्यादी प्रहरीको कोटा तोकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको छनोट समितिले चैत्र १५ गतेबाट प्रकृया शुरु गर्ने भएको छ ।

स्थानिय तह निर्वाचनलाई मध्यनजर गर्दै ४० दिनका लागि चुनाब सुरक्षार्थ म्यादी प्रहरी सरकारले भर्ना गर्दै छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्