२०८० फाल्गुन १२ गते शनिवार

सल्यानका सुन्तलाको उपचार गरिँदै



१२ चैत्र,घोराही –
सल्यानका बिभिन्न ठाउँमा रोगका कारण सुन्तलाका बोटहरू सुक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयले बगैंचामै गएर उपचार सुरु गरेको छ । रोगका कारण पात पहेंलो हुने, जरा कुहिने र सुक्दै जाने गरेपछि बगैंचामा गएर उपचार थालिएको हो ।

सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको बागचौर नगरपालिका–८ कोटमौलामा सुन्तलाका बोटमा बढी समस्या देखिएपछि रोगको पहिचान गर्न बगैंचामा प्राविधिक खटाइएको कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार पछि हुनसक्ने क्षतिलाई काम गर्न प्राविधिकले किसानलाई सल्लाह दिइरहेका छन् । कोटमौलाका झन्डै २ सय किसानका करिब ६ हजार सुन्तलाको बोटमा पहिलो चरणमा उपचार भइरहेको उहाँले जानकारी दिनुभएको छ । जिल्लामा १ हजार ५ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्