१३ चैत्र,घोराही ।
घोराहीमा नेत्रलाल पौडेल अभागीको शालिक राखिने भएको छ । घोराही उपमहानगरपालिका १५ मेनरोड स्थित थारु गल्ली जाने र काठेकोल जाने चोकमा अभागीको शालिक राखिने भएको हो ।
जस्का लागि निर्माणको काम आज देखी सुरुभएको छ । घोराही उपमहानगरपालिकाले केही समय पहिले उक्त स्थानमा अभागीको शालिक राख्नका लागि अनुमती दिने निर्णय गरेको थियो ।
शालिक बनाउने काम भैरहेको उपभोक्ता समितिका अध्यक्ष कमलप्रसाद भटराईले जानकारी दिनुभएको छ । आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको समेत उपस्थितीमा निर्माणको काम सुरुभएको हो ।
२००१ साल पुस २७ गते दाङको धर्ना २ सिसैपुर गाउँमा जन्मीएका अभागीशिक्षण, राजनीति र साहित्य क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने व्यक्ति हुनुहुन्छ ।२०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गर्दै नेत्रलालले जमिन्दार, शोषक, सामन्तको भकारी फोडी किसानहरूलाई वितरण समेत गर्नुभएको थियो ।