१४ फागुन,घोराही –
माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर प्रदेशलाई जिम्मा दिएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभएको छ ।
उनहाँ अनुसार यस वर्षको एसइई परीक्षादेखि नै प्रदेश सरकार र बोर्डको समन्वयमा सञ्चालन हुनेछ । यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदैछ ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार प्रदेशले उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, उत्तर पुस्तिका संपरीक्षण गर्नेछ । तर, नतिजा प्रकाशन गर्न भने प्रदेशले बोर्डमा पठाउनुपर्ने छ । त्यसपछि बोर्डले नतिजा प्रकाशन गर्ने अर्यालले जानकारी दिनुभएको छ ।।