२०८१ मङ्सिर २५ गते मङ्गलवार

तुलसीपुर क्षेत्रमा झण्डै साढ़े चार करोड विद्युत महसुल बक्यौता



१४ फागुन,घोराही-दाङको तुलसीपुर क्षेत्रमा विभिन्न क्षेत्रको झण्डै साढ़े चार करोड विद्युत महसुल बक्यौता देखिएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले वितरण गरेको विद्युतको लामो समयदेखिको महसुल नउठ्दा साढे चार करोड रूपैयाँ वक्यौता रहेको छ ।

विभिन्न निकाय तथा व्यक्तिहरूबाट सो रकम वक्यौता उठाउन बाँकी रहेको कार्यालयले जनाएको छ । विद्युतको ४६ हजार ४ सय ६४ ग्राहकबाट बक्यौता रकम असुल उपर गर्न नसकिएको कार्यालयको भनाइ छ । विद्युत कार्यालय तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले हालसम्म ८ हजार ८ सय २१ ग्राहकको ४ करोड ४३ लाख रूपैयाँ वक्यौता बाँकी रहेको बताउनुभयो ।

उनले ११ वटा विषयगत ग्राहकहरूबाट विद्युत महसुल उठ्न बाँकी रहेको भन्दै असुल उपरका लागि कार्यालयले तिव्रता दिएको जानकारी दिनुभएको छ । उहाँले सबैभन्दा बढी सडक बत्तीको करोड रूपैयाँ वक्यौता रहेको बताउनुभयो कार्यालय प्रमुख फर्सालले ८ हजार ८ सय २१ उपभोक्ताबाट वक्यौता उठ्न बाँकी रहेको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्