फागुन १४, घोराही ।
घोराही नगर प्याब्सनको आयोजनामा संस्थागत विद्यालयहरूको आधारभूूूत तहको नगरस्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
घोराही उपमहानगरपालिमा रहेका दुई दर्जन बढी संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा गुरूकुल एकेडेमी घोराहीका संयम थापा, शुभेच्छा पौडेल र शुभम पोख्रेल प्रथम, मेचीकाली बोर्डिङ स्कुल घोराहीका उमंग चन्द, विजय वली र माया जि.एम द्वितीय र स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कुल नारायणपुरका आशिष चौधरी, सौरभ पौडेल र एञ्जल के.सी तृतीय भएका थिए ।
घोराही नगर प्याब्सनका अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षता तथा केन्द्रीय सदस्य यादव गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । क्विज मास्टरको भूमिका मेचीकाली बोर्डिङ स्कुलका इञ्चार्ज नवराज देवकोटा खत्रीले निभाएका थिए । कार्यक्रमको सहजीकरण सचिव सूर्यबहादुर रावतले गरेका थिए ।